खेलकुद

महिला टि २० क्रिकेटः मलेसियासँग दाेस्राे जित निकाल्ने दाउमा नेपाल

इकागज |
जेठ १८, २०८० बिहीबार ८:३ बजे

काठमाडौं । महिला टि–२० आई खेलमा नेपालले आज मलेसियासँग पुनः प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा पराजित भए पनि दोस्रो खेलमा बिजयी भएका नेपालले आज पुनः मलेसियासँग खेल्न लागेको हो । 

आजको खेल नेपाली समय अनुसार बिहान ८ः ४५ बजेबाट सुरु हुँदैछ ।  पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । आज नेपाल दोस्रो जीत निकाल्ने योजनासहित मैदानमा उत्रदैँछ । 


नेपाल र मलेसिया बीच हालसम्म ५ महिला टि– २० आई खेल भइसकेका छन् । जसमा नेपाल ४ र मलेसिया १ खेलमा विजयी भएको छ । सोही क्रममा चौथो र पाँचौं खेल भने शनिबार र आइतबार हुनेछ ।
 


Author

थप समाचार
x