खेलकुद

म्यानचेस्टर युनाइटेडका खेलाडीको खेल स्कुले विद्यार्थीको जस्तै

इकागज |
जेठ १, २०७८ शनिबार १५:५८ बजे

काठमाडौँ: गत बिहीबार म्यानचेस्टर युनाइटेडले लिभरपुलसँग ४-२ को पराजय भोग्यो । सो हारबारे युनाइटेडका पूर्व कप्तान रोय किनको भनाइ सार्वजनिक भएको छ । उनले युनाइटेडका केही खेलाडीले विद्यालय स्तरीय प्रदर्शन गरेको प्रतिक्रिया दिए । 

युनाइटेड विशेषगरी रक्षापंक्तिमा हतास देखिएको किनको भनाइ थियो । किनले गोल रक्षक डिन हेन्डर्सन, रक्षक लुक श र मिडफिल्डर फ्रेडको लिभरपुलविरुद्धको प्रदर्शन स्कूले विद्यार्थीहरूको जस्तो रहेको आरोप लगाए । 


‘ओले गनर सोल्स्यारले फ्रेडलाई मौका दिइरहेका छन् । तर फ्रेड युनाइटेडलाई उपाधि जिताउन सक्ने खाल्का खेलाडी होइनन् । शको प्रदर्शन स्कूले विद्यार्थीको जस्तै थियो । अनि गोलरक्षकले पनि बारम्बर गल्ती गरिरहे,’ किनको भनाइ थियो । 
 


 


Author

थप समाचार
x