खेलकुद

ए डिभिजन लिग : आज तीन खेल हुँदै, कुन क्लब काेसँग भिड्दै ?

इकागज |
जेठ २०, २०८० शनिबार ८:३८ बजे

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछन् भने अर्को एक खेल च्यासल मैदान, ललितपुरमा हुनेछ । 

च्यासल मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र सातदोबाटो युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । 


उता, दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्रि स्टार क्लब र एपीएफ फुटबल क्लब  भिडन्तमा उत्रने छन्, जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

यसैगरी, रंगशालामा हुने दोस्रो खेलमा भने चर्च ब्वाईज र जावलाखेल युथ क्लब आमुने सामुने हुनेछन्, जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।  


Author

थप समाचार
x