खेलकुद

लिग च्याम्पियन इन्टरमिलानलाई युभेन्टसले हरायो

इकागज |
जेठ २, २०७८ आइतवार ६:२५ बजे

काठमाडौँ : इटालिएन सिरी ए फुटबलको च्याम्पियन भएको इन्टरमिलानलाई युभेन्टसले हराएको छ । शनिबार राती भएको खेलमा युभेन्टसले इन्टरमिलानलाई ३-२ गोल अन्तरले हराएको हो ।

युभेन्टसको जितमा काउड्राडोले दुई गोल गर्दा रोनाल्डोले एक गोल गरे । रोनाल्डोले एक पेनाल्टी मिस गरेका थिए । इन्टरका लागि लुकाकुले पेनाल्टीमा गोल गर्दा अर्को गोल उपहार पाएको थियो । 


दोस्रो हाफको ५५ औँ मिनेटमा बेन्टानकुरले रातो कार्ड खाएर मैदान छाडेपछि युभेन्टस १० खेलाडीमा सिमित भएको थियो । तर त्यसको फाइदा लिग च्याम्पियन भइसकेको इन्टर मिलानले उठाउन सकेन । अन्ततः खेल सकिन दुई मिनेट बाँकी छँदा युभेन्टसका काउड्राडोले पेनाल्टीमा गोल गरेपछि इन्टर पराजित भयो । 

जितपछि युभेन्टसको च्याम्पियन्स लिग खेल्ने सपना जिवितै बनेको छ । ३७ खेलबाट ७५ अंक जोडेको युभेन्टस चौथो स्थानमा छ । एक खेल कम खेलेको नापोलीको ७३ अंक छ । यसअघि नै उपाधि जितिसकेको शीर्ष स्थानको इन्टरमिलानको भने ३७ खेलबाट ८८ अंक छ । 


Author

थप समाचार
x