खेलकुद

इब्राहिमोभिचले युरो गुमाउने, स्विडेनलाई अलेक्जान्डर इसाकको भर

इकागज |
जेठ २, २०७८ आइतबार १४:५१ बजे

काठमाडौँ: स्विडिस स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले आउँदो युरो गुमाउने भएका छन् । इब्राहिमोभिच गत साता एसी मिलान र युभेन्टसबीचको खेल दौरान घाइते भएका थिए । उनले अब कम्तिमा छ साता उपचारमा बिताउनेछन् । 

यसपटकको युरो आउँदो जुन र जुलाईमा आयोजना हुने तालिका छ । त्यस प्रतियोगतामा इब्राहिमोभिच नहुने स्विडेनको फुटबल संघले जानकारी शनिबार दियो । ‘इब्राहिमोभिचले युरो खेल्न सक्ने छैनन् । उनले यस विषयमा स्विेडनका प्रशिक्षक जेन एन्डर्सनलाई जानकारी दिइसकेका छन् । हामी इब्राहिमोभिचको स्वास्थ्य लाभको कामना गर्न चाहन्छौँ,’ स्विडिस फुटबल संघले भनेको छ । 


इब्राहिमोभिच गत मार्चमा मात्रै अन्तराष्ट्रिय फुटबलमा फर्केका थिए । सन् २०१६ मा राष्ट्रिय टिमबाट सन्यास लिएका ३९ वार्षिय स्ट्राइकरले आउँदो युरो खेल्ने मनसायले सन्यास फिर्ता लिएका थिए । 

इब्राहिमोभिचको अनुपस्थितीमा स्विडिस टोली मार्कस बेर्ग, अलेक्जान्डर इसाक, रुबिन क्युऐसन र डेजान कुलुसेभस्कीको भरमा हुनेछ । तीमध्ये पनि इसाकको भूमिका महत्वपूर्ण हुनेछ । हाल स्पेनी क्लब रियल सोसिडाडबाट खेलिरहेका इसाकले यस सिजन १४ गोल गरेका छन् ।

इसाकलाई सघाउने खेलाडीमा कुलुसेभस्की रहने सभावना छ । उनी हाल युभेन्टसमा छन् ।  युरोमा स्विडेन समूह ‘इ’ मा रहेको छ । स्विडेनले समूह चरणमा पोल्यान्ड, स्लोभाकिया र स्पेनको सामना गर्नेछ ।  


Author

थप समाचार
x