खेलकुद

ला लिगामा रियल र एथ्लेटिको विजयी, कसले जित्ला उपाधि ?

इकागज |
जेठ ३, २०७८ सोमबार ९:१४ बजे

काठमाडौँ : स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिड विजयी भएका छन् । आइतबार राती भएका आ आफ्नो खेलमा दुवै टिमले जित हात पारेका हुन् । रियलले एथ्लेटिक बिल्बाओलाई १-० गोलले पराजित गर्यो ।

उसका लागि नाचोले निर्णायक गोल गरे । यस्तै एथ्लेटिकोले ओसासुनालाई २-१ गोलले हरायो । एथ्लेटिकोलाई जिताउन रेनन लोडी र लुइस स्वारेजले गोल गरे । ओसासुनाका लागि आन्टे बुडमिरले एक गोल फर्काए । 


जितपछि रियलको ३७ खेलबाट ८१ अंक भएको छ भने समान खेलबाट शीर्ष स्थानको एथ्लेटिकोको ८३ अंक छ । तेस्रो स्थानको बार्सिलोनाको भने समान खेलबाट ७६ अंक छ । अब ला लिगाको उपाधि भिडन्त रियल र एथ्लेटिकोबीच छ ।

अन्तिम खेलमा दुवै टोलीले जित निकालेमा एथ्लेटिकोले उपाधि जित्नेछ । एथ्लेटिको पराजित भएमा रियलले बाजी मार्नेछ । 


Author

थप समाचार
x