खेलकुद

‘मेस्सी नभए बार्सिलोनामा गोल कसले गर्ने ?’

इकागज |
जेठ ३, २०७८ सोमबार १३:२२ बजे

काठमाडौँ: स्पेनी ला लिगामा आइतबार राती बार्सिलोना र सेल्टा भिगो क्याम्प नौमा भिडे । जुन बार्सिलोनाका लागि जारी सिजनको अन्तिम ‘होम म्याच’ थियो । खेलमा बाजी मार्‍यो सेल्टाले । स्पेनी स्ट्राइकर सान्टी मिनाले सेल्टाका लागि दुई गोल गरे । लियोनल मेस्सीले एक गोल गरे । 

मेस्सीको बार्सिलोनासँगको सम्झौँता आउँदो महिना सकिँदैछ । सम्झौँता नविकरण नभए उनले फ्रि–एजेन्टका रुपमा बार्सिलोना छाड्नेछन् । यस अर्थमा सेल्टासँगको हार नै मेस्सीले क्याम्प नौउमा खेलेको अन्तिम खेल हुनसक्छ । 


सेल्टासँगको खेलमा गोल गरेसँगै मेस्सीले आफ्नो गोल संख्या ३० पुर्‍याएका छन् । ला लिगामा यसपटक पनि मेस्सी नै उच्च गोलकर्ता हुन् । मेस्सी पछिल्ला पाँच सिजन ला लिगाको उच्च गोलकर्ता रहँदै आएका छन् ।   

यसैबीच बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कुमनले मेस्सी नभए आफ्नो टिममा गोलको खडेरी हुने बताएका छन् । ‘कयौँ सिजन मेस्सीले ३० लिग गोल गरेका छन् । उनी नभए बार्सिलोनामा यत्तिको संख्यामा गोल कसले गर्छ थाहा छैन । त्यसकारण, उनी क्लबमा रहुन भन्ने हाम्रो अपेक्षा छ,’ सेल्टासँगको खेलपछि कुमनले भने ।


Author

थप समाचार
x