खेलकुद

‘रोनाल्डाले युभेन्टस छाड्ने’

इकागज |
जेठ ३, २०७८ सोमबार १५:१० बजे

काठमाडौँ: इटालियन सिरी ए मा ३७ खेल सकिँदा युभेन्टसले ७५ अंक बटुलेको छ । लिगमा एक खेल बाँकी रहँदा युभेन्टस पाँचौँ स्थानमा छ । चौँथौँ स्थानमा रहेको नेपोलीभन्दा युभेन्टस एक अंकले पछाडि छ । 

च्याम्पियन्स लिगमा छनौट भए युभेन्टसका केही स्टारले क्लब छाड्ने अनुमान गरिएको छ । त्यसमा क्रिस्टियानो रोनाल्डो पनि एक हुन् । युभेन्टसका पूर्वस्ट्राइकर क्रिस्टियन भियरीले यस्तो अनुमान गरेका हुन् । 


‘युभेन्टस च्याम्पियन्स लिगका लागि छनोट नभए रोनाल्डोले क्लब छाड्ने छन् । उनले मात्रै होइन, अन्य खेलाडीले पनि युभेन्टस छाड्ने छन् । च्याम्पियन्स लिगविना युुभेन्टसको आम्दानीमा पनि कमी आउनेछ,’ भियरीले भने । 

३६ वर्षीय रोनाल्डोले युभेन्टसमा गोलको कीर्तिमान राखेका छन् । टुरिन क्लबको इतिहासमा सबैभन्दा कम खेल खेलेर एक सय गोल गर्ने कीर्तिमान रोनाल्डोको नाममा रहेको छ । उनले एक सय ३१ खेलमा एक सय गोल पूरा गरेका हुन् । 

रोनाल्डो सन् २०१८ मा युभेन्टस पुगेका थिए । उनको युभेन्टससँगको सम्झौँता एक वर्ष मात्रै बाँकी छ । त्यसकारण उनले आउँदो सरुवा बजामा क्लब परिवर्तन गर्ने हल्ला चलिरहेको छ । 

रोनाल्डोसँगै पाउलो डिबला, डौगलास कोस्टा, आरोन राम्से, वज्जी सेज्नी, डेजान कुलुसेभस्की, एलेक्स सान्ड्रो र एड्रियान राबियोटले पनि युभेन्टस छाड्ने अनुमान गरिएको छ । 


Author

थप समाचार
x