खेलकुद

भलिबलको बन्द प्रशिक्षणका लागि ३० खेलाडी छनोट, प्रशिक्षकमा भट्ट

इकागज |
जेठ १५, २०७८ शनिवार १२:३१ बजे

काठमाडौँ : नेपाल भलिबल संघले फिलिपिन्समा आयोजना हुने एशियन महिला भलिबल च्याम्पियनशिपका लागि ३० खेलाडी छनोट गरेको छ । संघले प्रशिक्षणको जिम्मा जगदीशप्रसाद भट्टलाई सुम्पिने निर्णय गरेको छ ।

संघका उपाध्यक्ष निरोज मास्के, प्रशिक्षक प्रज्वलबहादुर सिंह र महिला टोलीका पूर्वप्रशिक्षक भट्टको छनोट समितिले खेलाडी छनोट गरेको हो । बन्द प्रशिक्षणका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट आठ, नेपाल प्रहरीको पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र न्यू डायमण्ड क्लबबाट सात सात तथा भरतपुर मेट्रोबाट एउटा खेलाडी छनोट गरिएको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।


आर्मीबाट सुनिता खड्का, सोफिया पुन, शान्ति थारू, जानकी भण्डारी, सरस्वती जैसी, कृपा अधिकारी, सङ्गम महतो र सृष्टि खड्का, पुलिसबाट कमला पुन, उषा भण्डारी, पुनम चन्द, कामना बिष्ट, लक्ष्मी चन्द, मनिषा चौधरी र शान्तिकला तामाङ, एपिएफबाट सरस्वती चौधरी, निरुता ठगुन्‍ना, हीरा केसी, उषाकुमारी बिष्ट, पूजा चौधरी,  रेश्मा भण्डारी र कविता भट्ट, न्यू डायमण्ड स्पोर्ट्स क्लबबाट प्रतिभा माली, अरुणा शाही, सलिन श्रेष्ठ, बाल्मिका आचार्य, झरना श्रेष्ठ, रीया कुँवर र रीमा कुँवर तथा भरतपुरबाट सरस्वती कट्टेललाई छनोट गरिएको छ ।

यस्तै वैकल्पिक खेलाडीका रुपमा भरतपुरकी आरती सुवेदी र निशा चौधरी, डायमण्डकी प्रगति नाथ, ढोरपाटनकी पुष्पा शाही र पुलिसकी पुष्पा चौधरीलाई चयन गरिएको चन्दले बताए । संघले महिला टोलीको व्यवस्थापकमा उपाध्यक्ष निरोज मास्केलाई चयन गरेको छ । एशियन महिला भलिबल च्याम्पियनशिप आगामी भदौ १३ देखि २० गतेसम्म सञ्चालन हुनेछ । बन्द प्रशिक्षण यही जेठ २१ गतेदेखि शुरु हुने संघले जनाएको छ । रासस


Author

थप समाचार
x