खेलकुद

खेलकुद क्षेत्रका लागि २ अर्ब ७४ करोड रुपैयाँ विनियोजन

इकागज |
जेठ १५, २०७८ शनिबार १८:२८ बजे

काठमाडौँ : सरकारले आर्थिक वर्ष २०७८/७९ लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले समूदाय स्तरबाटै खेलकुदलाई प्रोत्साहन गर्न, पूर्वाधार निर्माण र प्रतिभावान खेलाडीको पहिचान गर्न बजेट बिनियोजन गरिएको बताए ।

झापामा मदन भण्डारी रंगशाला निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने मूलपानी, लमही लगाएतका क्रिकेट रंगशालाका लागि पनि बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताए । यसैगरी पोखरा रंगशाला निर्माण कार्य पुरा गरिने र खेल क्षेत्रबाट बिदा भएका खेलाडीहरुलाई सहुलियतमा ऋण उपलव्ध गराउने मन्त्री पौडेलले बताए । त्यस्तै हाई अल्टिच्यूड स्पोर्टस् सेन्टर निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने खेल पर्यटनमार्फत आर्थिक विकासको लक्ष्य पनि लिइएको छ ।



Author

थप समाचार
x