खेलकुद

बेन्जेमाको अपेक्षा पूरा होला ?

इकागज |
जेठ १७, २०७८ सोमवार १४:१९ बजे

काठमाडौँ: करिम बेन्जेमा करिब ६ वर्षपछि फ्रान्सको राष्ट्रिय टिममा फर्केका छन् । फ्रान्सले रुसमा विश्वकपमा जित्दा बेन्जेमा टिम भन्दा बाहिर थिए । त्यसबखत किलियान एमबाप्पेले एन्टोइन ग्रिजमनसँग मिलेर फ्रेन्च अग्रपंक्ति सम्हाले । 

बेन्जेमाले फ्रान्सका लागि अन्तिम खेल सन् २०१५ अक्टोबरमा खेलेका थिए । एमबाप्पेले भने राष्ट्रिय टिमको करियर २०१७ मार्च बाट मात्रै सुरु गरे । त्यसकारण दुई खेलाडीले कशिले पनि एउटै टिमबाट खेल्न पाएका छन् । आउँदो युरोमा भने दुई फरवार्ड फ्रान्सको जर्सीमा देखिन्छन् । 


राष्ट्रिय टिमबाट मात्र होइन, क्लबस्तरमा पनि बेन्जेमा एमबाप्पेसँगै खेल्न चाहन्छन् । एमबाप्पे लगातार रियल म्याड्रिडसँग जोडिँदै आएका छन् । जहाँ बेन्जेमा पनि खेल्छन् । एमबाप्पे आफैँले पनि कुनैदिन रियलबाट खेल्न इच्छा रहेको बताइसकेका छन् । सन् २००९ मा रियल गएका बेन्जेमा युवा फरवार्ड एमबाप्पे पनि चाँडै स्पेनी क्लबसँग अनुबन्धित हुन् भन्ने चाहन्छन् ।

‘एमबाप्पे प्रतिभाशाली छन् । उनी रियल म्याड्रिडबाट खेल्न सक्षम छन् । आशा छ, उनी चाँडै हामीसँग खेल्न रियल आउनेछन्,’ बेन्जेमाले फ्रेन्च टेलिभिजन च्यानल एम–सिक्ससँग कुरा गर्दै भनेका छन् । एमबाप्पेले आउँदो युरोमा बेन्जेमासँग खेल्न आफू उत्साहित रहेको बताएका छन् । 

एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) मा सम्झौँता नवीकरण गरिसकेका छैनन् । एमबाप्पको पीएसजीसँगको सम्झौँता सन् २०२२ मा सकिँदैछ । त्यसकारण उनले नयाँ सिजन सुरु हुनु अगावै क्लब परिवर्तन गर्ने अनुमान गरिएको छ । एमबाप्पेलाई रियल अनबन्ध गर्न चाहन्छ । झन् एथ्लेटिको म्याड्रिडसँग उपाधि होडमा पछि परेपछि त रियल नयाँ खेलाडी खरिद गर्न आतुर छ । 

तर एमबाप्पे अनुबन्ध गर्न स्पेनी क्लबसँग पर्याप्त बजेट नहुन सक्छ । किनभने एमबाप्पेको स्थान्तरण रकम महंगो हुनेछ भने उनको तलब पनि अन्य खेलाडीको भन्दा धेरै छ । त्यसमाथि झन्, जिनेदिन जिदानले भर्खरै रियल छाडेका छन् । त्यसकारण पनि बेन्जेमाको अपेक्षा सजिलै पूरा नहुन सक्छ । 


Author

थप समाचार
x