न्युजिल्याण्ड र बंगालदेशको टेस्ट शृङ्खला बराबर
काठमाडौँ- बंगलादेशमा भइरहेको न्युजिल्याण्ड र बंगालदेशबीचको टेस्ट शृङ्खला १–१ को बराबरीमा सकिएको छ । १–० ले अगाडि रहेको बंगलादेशलाई दोस्रो खेलमा ४ विकेटले हराउँदै न्युजिल्याण्डले शृङ्खला बराबरी गरेको हो ।
दोस्रो टेस्टको अन्तिम दिनमा १ सय ३७ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ३९.४ ओभरमा ६ विकेट गुमाएर भेट्टाएको हो ।
न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले नटआउट रहँदै ४० तथा मिचेल स्यान्टनरले ३५ रन बनाए । यस्तै टम ल्याथमले २६ रन तथा डेयरल मिचेलले १९ रनको योगदान दिए । त्यसबाहेक अन्य खेलाडीले राम्रो स्कोर बनाउन सकेनन् ।
बंगलादेशका लागि मेहदी हसन मिराजले ३, तइजुल इस्लामले २ र शरीफुल इस्लामले १ विकेट लिए । पहिलो इनिङमा बंगलादेशले १७२ रन बनाउँदा सबै विकेट गुमाएको थियो । दोस्रो ब्याटिङ गरेको न्युजिल्याण्डले १८० रन मात्रै बनाउन सकेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया