खेलकुद

यू-१९ एसिया कपमा श्रीलंका र बंगलादेश विजयी

इकागज |
मंसिर २३, २०८० शनिबार १८:२५ बजे

काठमाडौँ- युएईमा जारी यू-१९ एसिया कपमा श्रीलंका र बंगलादेश विजयी भएका छन् । शनिबार युएईको आइसिसी एकेडेमी ओभल-२ मा भएको खेलमा ७५ रन बनाएर अल आउट भएको जापानमाथि श्रीलंकाले ७ विकेटको जित निकालेको हो । 

श्रीलंकाले १२.२ ओभरमा ३ विकेट गुमाएर  ७६ रनको लक्ष्य पूरा गरेको हो । श्रीलंकाका लागि कप्तान सिनेथ जयवर्द्धनेले नटआउट २६ र रुसान्डा गमागेले १८ रन जोडेका थिए । जापानका केइफर लेकले २ र कजुमा कतोले १ विकेट लिए ।


टस हारेर पहिले ब्याटिङ गरेको जापानले ३०.३ ओभरमा अल आउट हुँदै ७५ रन मात्रै बनाएको थियो । जापानका लागि चार्लेस हिन्जेले ३६ रन बनाए, कप्तान कोजी आबेले १९ रन  बनाए । 

यस्तै आइसिसी एकेडेमीमा भएको बंगलादेश र युएईबीच भएको खेलामा बंगलादेश ६१ रनले विजयी भएको हो । टस हारेर पहिलो ब्याटिङ गरेको बंगलादेशल १० विकेट गुमाएर २२८ रन बनाएको थियो । 

बंगलादेशका लागि आशिकुर रहमान शिबलीले ७१, जिशान आलमले ४२, र आरिफुल इस्लामले २२ रनको योगदान गरे । युएईका ध्रुब पराशरले सर्वाधि ६ विकेट लिए । यस्तै कप्तान आयन अफ्जल खानले २ विकेट लिए ।  

२२९ रनको लक्ष्य पछ्याएको युएई ४७.४ ओभर खेलेर १६७ रन बनाउँदै अल आउट भयो । युएईका हार्दिक पाइले ३०, टानिस सुरीले २७, आर्यन शर्माले २२, र अक्षत राईले १६ रन बनाएका थिए । बंगलादेशका  परवेज रहमान जीवन र  महफुजुर रहमान रब्बी समान ४-४  विकेट लिए । 

यू-१९ एसिया कपमा नेपालको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन् भने समूह ‘बी’ मा श्रीलंका, युएई, बंगलादेश र जापान छन् । भाेलि नेपालले अफगानिस्तानसँग खेल्नेछ । 


Author

थप समाचार
x