खेलकुद

भारतीय कप्तान सुनिल क्षेत्री भन्छन् : मेस्सीसँग तुलना हुन सक्दैन

इकागज |
जेठ २६, २०७८ बुधवार २०:१२ बजे

काठमाडौँ: भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलमा ७४ गोल गरेका छन् । गत सोमबार विश्वकप २०२२ छनौट अन्तर्गत बंगलादेशविरुद्ध दुई गोल गरेसँगै सुनिलले अन्तराष्ट्रिय गोल संख्यामा अर्जेन्टिनाका लियोनल मेस्सीलाई उछिने । 

अन्तराष्ट्रिय सञ्चार माध्यममा सुनिलको उपलब्धिलाई ऐतिहासिक भनियो । अनि उनको तुलना मेस्सीसँग हुने नै भयो । यस्तोमा सुनिलले आफ्नो तुलना मेस्सीसँग हुन नसक्ने बताएका छन् । ‘मेस्सीसँग तुलना हुन सक्दैन । उच्च गोलकर्ताको सूचीमा पर्ने जो सुकै पनि खुशी हुन्छ । म पनि खुशी छु । सबै भारतीय प्रशन्‍न छन् । तर अन्ततः मेस्सी विश्व फुटबलका महान खेलाडी हुन् । म मात्रै होइन, पूरै विश्व उनको फ्यान हो,’ ३६ वर्षिय सुनिलले बुधबार दोहामा आयोजित पत्रकार सम्मेलनमा भने । 


विश्व फुटबलमा सक्रिय रहेकामध्ये क्रिस्टियानो रोनाल्डोको नाममा सबैभन्दा धेरै गोल रहेको छ । पोर्चुगलका कप्तान रोनाल्डाले १ सय तीन गोल गरेका छन् । रोनाल्डोपछि सबैभन्दा धेरै गोल गर्ने खेलाडी सुनिल नै हुन् । संयुक्त अरब इमिरेट्स (युएई) का अली माबखौतले ७३ अन्तराष्ट्रिय गोल गरेका छन् । जुन छ पटक बालोन डोर जितेका मेस्सीको भन्दा धेरै हो । 


Author

थप समाचार
x