खेलकुद

रोनाल्डोको गोलमा पोर्चुगलको जित

इकागज |
जेठ २७, २०७८ बिहीबार ६:७ बजे

काठमाडौँ : मैत्रीपूर्ण फुटबल खेलमा पोर्चुगलले इजरायललाई हराएको छ । बुधबार राती भएको खेलमा पोर्चुगलले इजरायललाई ४-० गोलको फराकिलो अन्तरले हराएको हो ।

पोर्चुगलको जितमा ब्रुनो फर्नाण्डेजले दुई तथा क्रिष्टियानो रोनाल्डो र जाओ क्यान्सेलोले एक एक गोल गरे । साविक विजेता रहेको पोर्चुगलले युरोकपमा पनि शानदार प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । 



Author

थप समाचार
x