खेलकुद

टी-ट्वान्टी सिरिजः नामिबियामाथि नेपालको रोमाञ्चक जित

इकागज |
फागुन १८, २०८० शुक्रबार १५:१५ बजे

काठमाडौँ- त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियामाथि रोमाञ्चक जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको हो । यसअघि नेपालले दुवै खेलमा पराजय भोगेको थियो ।


शुक्रबारको खेलमा १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रनमात्र बनायो । नामिबियाका लागि कप्तान जेजे स्मिथले ५० रन तथा जान फायलिन्कले ३७ रन बनाए ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरी, सोमपाल कामीले र करण केसीले २-२ विकेट हात पारे । अविनाश बोहराले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनायो ।

नेपालका लागि कुशल मल्लले ५५ रन तथा आरिफ शेखले ३१ रन बनाए । गुल्सन झाले २६ रन, अनिल साहले २३ रन तथा कप्तान रोहित पौडेलले १० रन जोडे । दिपेन्द्र सिंह ऐरीले १६ रनको योगदान गरे ।

नामिबियाका लागि बेन सिकन्गोले ३, ज्याक ब्रासेलले २ तथा रुवेन ट्रम्पलम्यान, बर्नार्ड स्कोल्ज र जान निकोल १-१ विकेट हात पारे ।


Author

थप समाचार
x