क्रिकेट लिग-२: क्यानाडा शीर्ष स्थानमा उक्लिँदा नेपाल कहाँ ?
काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानाडा शीर्ष स्थानमा उक्लिएको छ ।
दुबईमा जारी लिग-२ को दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा लगातार तीन जित हात पार्दै क्यानाडा शीर्ष स्थानमा उक्लिएको हो ।
क्यानाडाले मंगलबार युनाइटेड अरब इमिरेट्स (यूएई) लाई डीएल मेथडअनुसार ८ रनले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो ।
दुबईको सिरिजमा क्यानाडा, यूएई र स्कटल्यान्डको सहभागिता रहेको छ । र, यूएईमाथिको जितसँगै क्यानाडाले ६ अंक जोडेको छ ।
चार खेल खेलेको नामिबियाको पनि ६ अंक भएपनि नेट रनरेटमा क्यानाडा भने शीर्ष स्थानमा छ ।
यता ४ खेलबाट ४ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा हुँदा नेपाल र क्यानाडाको समान २-२ अंक भएपनि नेट रनरेटमा भने क्यानाडामाथि छ । चार खेलबाट २ अंक जोडेको नेपाल भने पाँचौँ स्थानमा छ ।
खेलेका ३ वटै खेलमा पराजय भोगेको यूएई भने छैटौं स्थानमा छ । ओमान र अमेरिकाले भने अहिलेसम्म कुनै पनि खेल खेलेका छैनन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया