नेयमार १० महिनाभित्रै मैदानमा फर्किन सक्ने
काठमाडौँ- ब्राजिलियन स्टार फरवार्ड नेयमार १० महिनाभित्रै मैदानमा फर्कन सक्ने सम्भावना बढेको छ ।
घुँडाको चोटबाट जुधिरहेका नेयमारको स्वास्थ्य अवस्था पूर्ण रुपमा आगामी जुलाई वा अगस्टमा ठिक हुन सक्ने ब्राजिल फुटबल टिमका चिकित्सक रोड्रिगो लाम्सारले बताएका आईएएनएसले जनाएको छ ।
सन् २०२३ को अक्टोबर १७ मा विश्वकप छनोटअन्तर्गत ब्राजिलले उरुग्वेलाई २-० गोलअन्तरले पराजित गर्दा नेयमारको बाँया घुँडामा चोट लागेको थियो ।
लम्सारका अनुसार नेयमारको स्वास्थ्यमा तिव्र सुधार भइरहेको तथा उनी ९ वा १० महिनामा मैदानमा फर्कन सक्ने सम्भावना रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया