बलात्कार आरोपमा दोषी ठहर भएका फुटबलर रोबिन्हो पक्राउ
काठमाडौँ- बलात्कार आरोपमा दोषण ठहर भएका ब्राजिलियन फुटबलर रोबिन्हो पक्राउ परेका छन् ।
पक्राउ परेका रोबिन्होले ९ वर्ष कैद सजाय भोग्ने बीबीसीले जनाएको छ ।
सन् २०१३ मा इटालीको मिलानस्थित एक नाइट क्लबमा एक अल्बनियन महिलामाथि भएको सामूहिक बलात्कारमा उनी दोषी ठहर भएका थिए ।
उनलाई दुई वर्ष अगाडी सजाय समेत तोकिएको थियो ।
४० वर्षीय रोबिन्होलाई ब्राजिलको सान्तोषस्थित घरबाट पक्राउ गरिएको बताइएको छ ।
रोबिन्होलाई इटाली झिकाउन नसकेपछि इटालीको सरकारले उनलाई ब्राजिलको जेलमा राख्न आग्रह गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया