खेलकुद

खेल नीतिलाई परिमार्जन गर्ने तयारी भइरहेको छ : मन्त्री श्रेष्ठ

इकागज |
चैत ९, २०८० शुक्रबार १८:४० बजे

फाइल तस्बिर

काठमाडौँ- खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेल नीतिलाई परिमार्जन गर्ने तयारी भइरहेको बताएका छन् ।

शुक्रबार ललितपुरमा नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको बधाई एवं शुभकामना कार्यक्रममा मन्त्री श्रेष्ठले खेल नीतिमा देखिएका त्रुटी हटाउँदै समयसापेक्ष बनाउन परिमार्जन गर्ने तयारी भइरहेको बताएका हुन् ।


उनले खेलसँग सम्बन्धित सरोकारवाला निकायसँगको छलफलका आधारमा त्यसलाई परिमार्जन गर्ने जिकिर गरे । उनले व्यक्ति केन्द्रित नभई नीति केन्द्रित खेल क्षेत्र हुनुपर्नेमा जोड दिए ।

मन्त्री श्रेष्ठले योगदानका आधारमा नभई खेलकुद क्षेत्रमा राजनीतिक आधारमा नियुक्त हुने गरेकाले बेथिति देखिएको उनले बताए ।

त्यस्तै उनले खेलकुदमा योगदान गरेका व्यक्तिहरूलाई विभिन्न निकायमा नियुक्त गर्न सके खेल क्षेत्रको विकास हुने बताए ।


Author

थप समाचार
x