वर्तमान खेलकुद मन्त्रीद्वारा पूर्वमन्त्री लिम्बूलाई सम्मान तथा कदरपत्र हस्तान्तरण
काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले निवर्तमान युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई सम्मान गरेको छ । राखेप कर्मचारी संघले पूर्व मन्त्री डिगबहादुर लिम्बूसहित राखेपका पदाधिकारीलगायतलाई एक कार्यक्रमबीच कदरपत्रसहित सम्मान गरेको हो ।
कर्मचारी संघले पूर्वमन्त्री डिगबहादुर लिम्बूसहित राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य-सचिव टंकलाल घिसिङसहितलाई राखेपमा विभिन्न तहमा कार्यरत कर्मचारीहरूको लामो समयदेखि रोकिएको बढुवा तार्किक निष्कर्षमा पुर्याउन महत्वपूर्ण योगदान पुर्याएबापत सम्मान गरिएको हो ।
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले उनीहरूलाई सम्मान तथा कदरपत्र हस्तान्तरण गरे ।
विगत २७ वर्षदेखि बढुवा हुन नसकेका राखेपका कर्मचारीहरूलाई बढुवा गराउन निवर्तमान युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । जसअनुसार ३ सय ४१ कर्मचारीहरूलाई बढुवा गरिएको छ ।
सम्मानित भएपछि मन्त्री डिगबहादुर लिम्बूले कर्मचारीहरूको बढुवा तार्किक निष्कर्षमा पुर्याउन संघर्ष गर्नुपरेको बताए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बढुवा हुने राखेपका कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ । पदपूर्ति समितिको भदौ १० गते बसेको बैठकको निर्णय अनुसार परिषदमा गरिएको सिफारिसको आधारमा भदौ १२ गते राखेपले बढुवा हुने कर्मचारीहरूको नामावलीको सूची सार्वजनिक गरेको थियो ।
विगत अढाई दशकदेखि बढुवा हुन नसकेका राखेपका कर्मचारीहरूले राखेपको ११६ औं बोर्ड बैठकको निर्णय अनुसार देशभरका योग्यता पुगेका ३७२ जना कर्मचारीहरूले बढुवाको लागि फारम भरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया