मैत्रीपूर्ण फुटबलमा कोलम्बियासँग स्पेन पराजित, नेदरल्यान्ड्सको शानदार जित
काठमाडौँ- अन्तर्राष्ट्रिय मैत्रीपूरण फुटबल खेलमा स्पेनले पराजय भोग्दा नेदरल्यान्ड्सले शानदार जित हात पारेको छ ।
शुक्रबार राति भएको खेलमा स्पेनले कोलम्बियासँग १-० गोलअन्तरको पराजय भोग्यो ।
इंग्ल्यान्डको वेस्ट ह्यामस्थित लन्डन स्टेडियममा भएको खेलमा कोलम्बियालाई जित दिलाउन डानियल मुनोजले निर्णायक गोल गरे । उनले ६१ औँ मिनेटमा गोल गर्दै कोलम्बियालाई जित दिलाए ।
यता नेदरल्यान्ड्सले आफ्नै घरेलु मैदानमा भएको खेलमा स्कटल्यान्डलाई ४-० गोलअन्तरले पराजित गर्यो ।
नेदरल्यान्ड्सको जितमा तिजानी रेजिन्दर, जर्जिनियो विज्नाल्डम, ओट वेघर्स र डोनयेल मालेनले एक-एक गोल गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया