खेलकुद

आईपीएलः आज दुई खेल हुँदै

इकागज |
चैत १०, २०८० शनिबार १३:८ बजे

काठमाडौँ- शुक्रिबारबाट सुरु भएको इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदैछ ।

पहिलो खेलमा पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सको सामना गर्दैछ ।


पञ्जाब र दिल्लीको खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुने तालिका रहेको छ ।

त्यसैगरी, दोस्रो खेलमा कलकता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच हुनेछ ।

कलकता र हैदराबादबीचको खेल राति ७:४५ बजेबाट सुरु हुने तय भएको छ ।

यसअघि शुक्रबार भएको खेलमा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैँग्लोरलाई ६ विकेटले पराजित गरेको थियो ।


Author

थप समाचार
x