खेलकुद

आयरल्यान्ड उल्भ्सले नेपाल 'ए' लाई दियो २२५ रनको लक्ष्य

इकागज |
चैत १७, २०८० शनिबार १४:५१ बजे

काठमाडौँ- पाहुना टोली आयरल्यान्ड उल्भ्सले तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल 'ए' लाई २ सय २५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड उल्भ्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २४ रन जोड्यो ।


आयरल्यान्ड उल्भ्सका लागि पिटर मुरले २६ बलमा ३ चौका र ७ छक्काको मदतमा ६५ रनको योगदान गरे । जेम्स म्याककोलमले २६ रन जोडे । कप्तान निल रकले ३४ बलमा ७ छक्का र १ चौकाको मदतमा ७१ रन जोडे ।

नेपाल 'ए' का लागि सागर ढकालले ३ विकेट हात पारे । पवन सर्राफ र कमल सिंह ऐरीले १-१ विकेट लिए ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा आयरल्यान्ड उल्भ्स २१ रनले विजयी भएको थियो ।


Author

थप समाचार
x