प्रिमियर लिग : आर्सनललाई फेरि शीर्ष स्थानमा उक्लिने मौका
काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत आर्सनलले आज राति ब्राइटनको सामना गर्दैछ ।
आर्सनल र ब्राइटनबीचको फुटबल खेल नेपाली समयअनुसार आज राति १०:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।
ब्राइटनविरुद्ध मैदानमा उत्रदा आर्सनलसँग तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर हुनेछ ।
अहिलेको अवस्थामा शीर्ष स्थानको लिभरपुलको ३० खेलमा ७० अंक छ भने समान ३० खेल खेलेको आर्सनलको ६८ अंक छ ।
यता आजै क्रिस्टल प्यालेसविरुद्ध मैदानमा उत्रने तयारी गरेको साविक विजेता म्यानचेस्टर सिटीको भने ३० खेलमा ६७ अंक छ ।
आज राति आर्सनलले जित हात पारेको खण्डमा ७१ अंकसहित शीर्ष स्थानमा उक्लिने छ । यता ३० खेलबाट ४३ अंक हात पारेको ब्राइटनले आर्सनललाई पराजित गरे सातौं स्थानमा उक्लिने छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया