कुराँशमा नेपाललाई २ स्वर्णसहित ५ पदक
काठमाडौँ- भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसीपमा २ स्वर्ण र ३ रजत पदकसहित नेपाल दोस्रो भएको छ ।
शुक्रबार सम्पन्न प्रतियोगितामा दिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जिते । परि घर्ती मगर, अर्जुन क्षेत्री र दीपिका अछाजुले रजत पदक प्राप्त गरे ।
दिक्षाले ४४ केजीमुनिको तौल समूह र योगेन्द्रले सिनियर ८१ केजीमुनिको तौल समूहमा पहिलो स्थान हासिल गरेका हुन् । दिक्षा र योगेन्द्र दुवैले फाइनलमा भारतीय खेलाडीलाई पराजित गरेका थिए ।
अर्जुनले ६० केजीमुनि तथा परिले महिला जुनियर ६३ केजीमुनि तौल समूह तथा दीपिकाले सिनियर ८७ केजी तौल समूहमा दोस्रो स्थान हासिल गरेका हुन् ।
दिक्षा मगर जुनियरतर्फ उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । च्याम्पियनसीपमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । दुई दिने प्रतियोगितामा आयोजक भारत, नेपाल, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका खेलाडीको सहभागिता रहेको बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया