खेलकुद

युरो २०२०

रोनाल्डोको किर्तिमानी दुई गोलमा पोर्चुगलले हंगेरीलाई हरायो

इकागज |
असार २, २०७८ बुधबार ६:७ बजे

काठमाडौँ : युरो २०२० च्याम्पियनशिपमा पोर्चुगलले हंगेरीलाई हराएको छ । मंगलबार राती भएको खेलमा क्रिष्टियानो रोनाल्डोको टिमले हंगेरीलाई ३-० गोलले पराजित गरेको हो । डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई जिताउन रोनाल्डोले दुई गोल गरे । यस्तै राफेल गुइरेइरोले एक गोल गरे ।

दुई गोल गरेका रोनाल्डो युरोका सर्वाधिक गोलकर्ता भएका छन् । उनले अहिलेसम्म कूल ११ गोल गरेका छन् । यसअघिका सिजनसम्म रोनाल्डोले ९ गोल गरेका थिए । 



Author

थप समाचार
x