खेलकुद

सर्वाधिक पारिश्रमिक पाउने खेलाडीको सूचीमा रोनाल्डो शीर्ष स्थानमा

इकागज |
जेठ ४, २०८१ शुक्रबार १०:४२ बजे

काठमाडौँ- पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो चौथोपटक सर्वाधिक पारिश्रमिक पाउने खेलाडीको शीर्ष स्थानमा पुगेका छन् ।

बिजनेस म्यागजिन फोर्ब्सले जनाएअनुसार रोनाल्डो चौथोपटक सर्वाधिक पारिश्रमिक पाउने खेलाडीको शीर्ष स्थानमा पुगेका हुन् ।


फोर्ब्सको तथ्यांकअनुसार साउदी अरेबियन फुटबल क्लब अल-नासरबाट खेल्दै आएका ३९ वर्षीय रोनाल्डोले विगत १२ महिनामा २ सय ६० मिलियन अमेरिकी डलर पारिश्रमिक पाएका छन् ।

जबकी त्यसअघि रोनाल्डोले १ सय ३६ मिलियन अमेरिकी डलर पारिश्रमिक पाएका थिए ।

रोनाल्डोको सबैभन्दा ठूलो प्रतिस्पर्धी लियोनल मेस्सी भने तेस्रो स्थानमा झरेका छन् । अर्जेन्टिनी फुटबल स्टार मेस्सीले १ सय ३५ मिलियन अमेरिकी डलर पारिश्रमिक पाएका हुन् ।

दोस्रो स्थानमा भने गल्फर जोन राहम रहेका छन् । स्पेनिस गल्फर जोनले एक वर्षमा २ सय १८ मिलियन अमेरिकी डलर पारिश्रमिक पाएका हुन् ।


Author

थप समाचार
x