खेलकुद

साबालेन्कालाई पराजित गर्दै स्वाटेकले जितिन् इटालियन ओपनको उपाधि

इकागज |
जेठ ६, २०८१ आइतबार ११:१६ बजे

काठमाडौँ- विश्व नम्बर एक टेनिस खेलाडी इगा स्वाटेकले इटालियन ओपनको उपाधि जितेकी छन् ।

शनिबार राति सम्पन्न फाइनलमा अर्यना साबालेन्कालाई सोझो सेटमा पराजित गर्दै पोल्यान्डकी स्वाटेकले उपाधि जितेकी हुन् ।


स्वाटेकले बेलारुसकी साबालेन्कालाई ६-२ र ६-३ को सोझो सेटमा पाखा लगाउँदै उपाधि जितेकी हुन् ।

२२ वर्षीया स्वाटेकको यो करियरको २१ औँ उपाधि हो ।

यसै महिनाको सुरुवातमा स्वाटेकले विश्व नम्बर दुई साबालेन्कालाई पराजित गर्दै मड्रिड ओपनको उपाधि जितेकी थिइन् ।


Author

थप समाचार
x