एनएमजिसीमा सुदीप अध्यक्ष र रूपसिं महासचिवमा सर्वसम्मत
काठमाडौँ- नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स महासंघ (एनएमजिसी) को तेस्रो महाधिवेशनले १३ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति शनिबार चयन गरेको छ ।
चावहिलमा सम्पन्न महाधिवेशनले अध्यक्षमा सुदीप पण्डित क्षेत्री र महासचिवमा रूपसिं तामाङसहित १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
महाधिवेशनमा २३ राष्ट्रिय संघहरूको सहभागिता रहेको थियो । यही संघहरूको छाता संगठन नै एनएमजिसी हो । महाधिवेसनले वरिष्ठ उपाध्यक्षमा लालबहादुर जिसी, उपाध्यक्षत्रयमा अन्जु रावत, उपाध्यक्षमा एनिप महर्जन र केशव डङ्गोललाई निर्विरोध चयन गर्यो ।
सदस्यहरूमा कृष्णबहादुर रावत, जनकराज गौतम, सानुकान्छा श्रेष्ठ, कमल मगर र सीताराम दराई चयन भए ।
सोही निर्वाचित कार्यसमितिको पहिलो बैठकले तीन पदाधिकारीसहित १० जना मनोनीत पनि गरेको छ । उपाध्यक्षमा होमबहादुर सुनुवार, राजेन्द्र लामा र सचिवमा आशिष कार्की मनोनीत भए । सदस्यमा तेजबहादुर सिंह, सपूत मोक्तान, धनराज तामाङ, बाबुराम तामाङ, सुशान पुन, नहकुल राई र राजन पन्थ मनोनीत भएका छन् । यससँगै कार्यसमिति २३ सदस्यीय बनेको छ ।
त्यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले महाधिवेशनको उद्घाटन गरेका थिए । सो अवसरमा, गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल, राखेपका सदस्य अन्जन धमला, नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका संस्थापक वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी र संस्थापक उपाध्यक्ष निरण खड्कालगायतको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया