खेलकुद

एसियाली तेक्वान्दो प्रतियोगिता : २५ स्वर्णसहित नेपाललाई टिम च्याम्पियनको उपाधि

इकागज |
जेठ १४, २०८१ सोमबार ११:२९ बजे

काठमाडौँ- प्रथमसिएच आईटीएफ एसियाली तेक्वान्दो प्रतियोगिताको आइतबार समापन भएको छ । ललितपुरको कराँते हलमा तीन दिनसम्म जारी प्रतियोगितामा ८ एसियाली मुलुकबाट करिब एक हजार २ सय खेलाडीहरूले सहभागी जनाएका थिए।

समापन कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री एवम् नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले सम्बोधन गरेका थिए । ८५ स्वर्ण ८५ कास्य र ११६ स्वर्ण पदक रहेको खेलमा २५ स्वर्णसहित नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ ।


यस्तै १२ स्वर्णसहित बंगलादेशले फस्ट रनर अफ भएको छ । ७ स्वर्ण सहित मलेसियाले सेकेन्ड रनर अफको उपाधि हात पारेको छ । प्रतिस्पर्धा इन्डिभिजुल स्पाईरिङ, इन्डिभिजुल प्याट्रन र ग्रुप प्याट्रन गरी ३ विधामा भएको हो ।

उत्कृष्ट पुरुष खेलाडी तर्फ नेपाल कै राजेश विक र महिला तर्फ उत्कृष्ट खेलाडी नुवि मानन्धर हुन सफल भएका छन् । उत्कृष्ट अनुशासित समूहको उपाधि भने बंगलादेश देशले हात पारेको छ। कार्यक्रमका प्रमुख अतिथि मैनालीले खेल क्षेत्रको महत्व र आवश्यकता दर्साउँदै जस्तो सुकै अवस्थामा पनि खेल क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


Author

थप समाचार
x