खेलकुद

आइसीसी विश्व टेस्ट च्याम्पियनशिपको फाइनल आजदेखि

इकागज |
असार ४, २०७८ शुक्रबार ७:४० बजे

काठमाडौँ : आइसीसी विश्व टेस्ट च्याम्पियनशिप क्रिकेटको फाइनल खेल आजदेखि सुरु हुँदैछ । इंगल्यान्डको साउथह्याम्पटनमा भारत र न्यूजिल्यान्डबीच हुने फाइनल खेल दिउँसो सवा ३ बजेपछि सुरु हुनेछ । खेल पाँच दिनसम्म चल्नेछ । सन् २०२० मा टेस्ट च्याम्पियनशिपको शीर्ष स्थानमा रहेका दुई टिमबीच फाइनल खेल हुन लागेको हो । 

उपाधिका लागि दुवै टिमबीच कडा प्रतिष्पर्धा हुने अनुमान छ । भारतको कप्तानी विराट कोहलीले गरेका छन् । जो पछिल्लो दशककै उत्कृष्ट खेलाडी मानिन्छन् । उनकै कप्तानीमा भारतले धेरै टेस्टमा जित हात पार्नुका साथै पछिल्लो पाँच वर्ष यता शीर्ष स्थानमा रहन सफल रहेको थियो ।


यस्तै न्यूजिल्याण्डको कप्तानी केन विलियम्सनले गरेका छन् । केही समय अघिसम्‍म केन टेस्ट क्रिकेटका नम्बर एक व्याट्सम्यान थिए । उनले हालै न्यूजिल्यान्ड्सलाई पनि टेस्ट क्रिकेटको नम्बर एक टिम बनाएका थिए । विलियम्‍सन भने  आइसीसी टेस्‍ट ब्‍याट्सम्‍यानकाे दाेस्राे बरियतामा रहँदा काेहली भने चाैथाे बरियतामा छन् ।

गएको हप्ता मात्रै न्यूजिल्यान्डले इंगल्यान्डलाई हराउँदै दुई खेलको टेस्ट सिरिज हात पारेको थियो । जसकारण न्यूजिल्यान्ड टेस्टको नम्बर एक टिम बन्यो भने इंगलिस पीचमा अभ्यस्त हुने मौका समेत पायो । सोही कारण फाइनलमा भारत भन्दा न्यूजिल्यान्ड बलियो टोलीका रुपमा दरिएको छ ।

सन् २०१९ को एकदिवसीय विश्वकप क्रिकेटको सेमीफाइनलमा न्यूजिल्यान्डले भारतलाई हराएको थियो । भारत आज सोही हारको बदला लिन मैदान उत्रिनेछ । 


Author

थप समाचार
x