खेलकुद

आस्ले योङ १४ वर्षपछि एस्टन भिल्लामै

इकागज |
असार ४, २०७८ शुक्रवार ११:११ बजे

काठमाडौँ : इंग्लिस विङ्गर/फुलब्याक आस्ले योङ आफ्नाे पुरानो क्लब एस्टन भिल्ला फर्किएका छन् । भिल्लाले शुक्रबार उनलाई अनुबन्ध गरेको घोषणा गरेको हो । ३५ वर्षीय योङ ‘फ्रि-ट्रान्सफर’मा इन्टर मिलानबाट इंगल्यान्ड पुगेका हुन् । पूर्व म्यानचेस्टर युनाइटेड खेलाडी योङले भिल्लासँग एक वर्षे सम्झौता गरेका हुन् । 

योङ जनवरी २०२० मा इन्टरसँग आबद्ध भएका थिए । गत सिजन इन्टर इटालियन सिरी ए च्याम्पियन बन्दा योङले ३४ खेल खेलेका थिए । ‘भिल्ला फर्केर आउन पाउँदा खुशी लागेको छ । मैले छाडेर गएको बखत भन्दा अहिलेको भिल्ला बलियो छ । म नयाँ सिजनका लागि उत्साहित छु’ योङले भने । 


योङ सन् २००७ देखि २०११ सम्म भिल्लामा रहे । त्यहाँ झन्डै २०० खेल खेलेर युनाइटेड लागेका योङले एलेक्स फर्गुसनको प्रशिक्षणमा एक-एक प्रिमियर लिग, एफए कप, लिग कप र युरोपा लिग जितेका जिते । ‘आस्ले अनुभवी खेलाडी हुन् । उनले क्लब तथा अन्तराष्ट्रिय स्तरमा उच्च स्तरका खेल खेलेका छन् । उनले हाल मात्रै पनि इटालियन लिग जितेका छन्,’ भिल्लाका प्रशिक्षक डिन स्मिथले भने । योङले इंगल्यान्डका लागि ३९ खेल खेलेका छन् ।


Author

थप समाचार
x