तनहुँमा शुक्रबारदेखि आईटीएफ तेक्वान्दो
काठमाडौँ- प्रदेश खेलकुद परिषद्, गण्डकीको आयोजनामा चौथो गण्डकी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि तनहुँमा हुने भएको छ ।
प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न ७ जिल्लाका २ सय ५२ खेलाडीको सहभागिता रहने नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) का महासचिव घमबहादुर थापाले जनाएका छन् ।
गण्डकी प्रदेश आईटीएफ संघको सह–आयोजनामा हुने प्रतियोगताको पुरुष/महिलामा एकल/ग्रुप स्पाइरिङ र प्याटर्नमा गरी जम्मा ४० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । दुईदिने प्रतियोगिताका खेलहरु तनहुँको भीमाद नगरपालिका ६ स्थित भीमाद बजारमा हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया