खेलकुद

अल्काराजले पहिलोपटक जिते फ्रेन्च ओपन टेनिसको उपाधि

इकागज |
जेठ २८, २०८१ सोमबार ९:२६ बजे

काठमाडौँ- स्पेनिस टेनिस खेलाडी कार्लोस अल्काराजले पहिलोपटक फ्रेन्च ओपन टेनिस प्रतियोगिताको उपाधि हात पारेका छन् ।

फ्रान्सको पेरिसमा आइतबार राति सम्पन्न फाइनलमा जर्मनीका अलेक्जान्डर भेरेभलाई पराजित गर्दै अल्काराजले पहिलोपटक फ्रेन्च ओपनको उपाधि जित्न सफल भएका हुन् ।


तेस्रो वरीयताका अल्काराजले भेरेभलाई ६-३, २-६, ५-७, ६-१ र ६-२ को सेटमा पराजित गरेका हुन् ।

यससँगै २१ वर्षीय अल्काराजको यो तेस्रो ग्रान्ड स्लाम पनि हो । यसअघि उनले यूएस ओपन र विम्बल्डनको उपाधि पनि जितेका थिए ।

अल्काराज यूएस ओपन, विम्बल्डन र फ्रेन्च ओपन जित्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।


Author

थप समाचार
x