खेलकुद

बागमती रग्बी संघको प्रथम वार्षिक तथा विशेष साधारणसभा सम्पन्‍न

इकागज |
जेठ २९, २०८१ मंगलबार १५:४५ बजे

काठमाडौँ- बागमती रग्बी संघको प्रथम वार्षिक तथा विशेष साधारणसभा सम्पन्न भएको छ ।

प्रमुख अतिथि प्रदेश खेलकुद विकास परिषदका सदस्य हिक्मत थपलिया, नेपाल रग्बी संघका उपाध्यक्ष शशी लामाको विशेष आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले बिनु खड्काको अध्यक्षतामा ९ सदस्यीय कमिटी चयन गरेको छ । उपाध्यक्षमा क्षितिज गुरुङ, ललितकुमार घलान, सचिवमा अनन्त प्रकाश श्रेष्ठ, सह-सचिवमा कृष्ण कार्की,  कोषाध्यक्षमा बिमल आचार्य र सदस्यहरूमा राम गौतम, पञ्चा माया श्रेष्ठ, दिनेश कार्की चयन भएका छन् ।


त्यस्तै सल्लाहकार समितिमा देवराज बस्नेतको संयोजकत्वमा ५ सदस्यीय समिति चयन गरेको छ ।
 


Author

थप समाचार
x