खेलकुद

टेस्ट च्याम्पियनशिप फाइनल

न्युजिल्यान्ड टस जितेर बलिङ गर्दै, भारत ब्याटिङमा

इकागज |
असार ५, २०७८ शनिबार १५:१४ बजे

काठमाडौँ : विश्व टेस्ट च्याम्पियनशिप क्रिकेटको फाइनलमा न्युजिल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि भारतले पहिले ब्याटिङ गर्ने भएको छ । साउह्याम्पटनमा वर्षाले पहिलो दिनको खेल प्रभावित हुँदा शनिबार मात्रै टस भएको हो ।

टस जितेपछि न्युजिल्यान्डका कप्तान केन विलियम्सनले पीचको कण्डिसन हेरेर फिल्डिङ गर्ने निर्णय लिएको बताए । भारतले केहीबेरमा ब्याटिङ सुरु गर्नेछ । विराट कोहलीको कप्तानीमा रहेको भारतलाई इंगल्यान्डको पीचमा फाइनल खेल्दा केही दबाब पनि छ ।



Author

थप समाचार
x