खेलकुद

टेस्ट च्याम्पियनशिप फाइनल

भारतको खराब सुरुवात, दुवै ओपनर आउट

इकागज |
असार ५, २०७८ शनिवार १७:३० बजे

काठमाडौँ : न्युजिल्यान्डविरुद्ध विश्व टेस्ट च्याम्पियनशिप फाइनलमा भारतले खराब सुरुवात गरेको छ । साउथह्याम्पटनमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले दुवै ओपनर ब्याट्सम्यान सस्तैमा गुमाएको हो ।

भारतका रोहित शर्मा ३४ र शुभमान गिल २८ रनमा आउट भएका छन् । ६२ रन बनाउँदा पहिलो विकेटका रुपमा रोहितलाई गुमाएको भारतले दोस्रो विकेटमा गिललाई गुमाउँदा जम्मा ६३ रन बनाएको थियो । 


रोहितलाई कायल जेम्मीसन र गिललाई नेइल वागनेरले आउट गरेका हुन् । लन्च सेसनसम्म भारतले २ विकेट गुमाएर ६९ रन बनाएको छ । क्रिजमा कप्तान विराट कोहली र चेतेश्वर पुजारा छन् । 


Author

थप समाचार
x