खेलकुद

युरो २०२०

जर्मनीले पोर्चुगललाई हरायो

इकागज |
असार ६, २०७८ आइतबार ५:२३ बजे

काठमाडौँ : युरो च्याम्पियनशिप २०२० मा जर्मनीले पोर्चुगललाई हराएको छ । शनिबार राती भएको खेलमा जर्मनीले साविक विजेता पोर्चुगललाई ४ २ गोल अन्तरले हराएको हो । पोर्चुगलका दुई जना खेलाडीले आत्मघाती गोल गरेका थिए । जसकारण जर्मनीको जित सम्भव भएको हो । 

पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डो, डियगो जोटाले गोल गरे । तर रुबेन डायस र राफेल गुरेरियोले आत्मघाती गोल गर्दा पोर्चुगललाई गम्भीर धक्का पुग्यो ।


जर्मनीका लागि केई हार्भट्ज र रोबिन गोसेन्सले गोल गरे । जितपछि जर्मनीको दुई खेलबाट तीन अंक भएको छ । पोर्चुगलको पनि समान तीन अंक नै छ । गएराती नै हंगेरीसँग बराबरीमा रोकिएको फ्रान्स भने चार अंकसहित समूह एफ को शीर्ष स्थानमा छ । 

अब अन्तिम खेलमा जर्मनी, पोर्चुगल र फ्रान्समध्ये कुन टिम नकआउट चरणमा पुग्ने भन्ने टुंगो लाग्नेछ ।
 


Author

थप समाचार
x