खेलकुद

नेपाल युएईसँग पराजित

इकागज |
कात्तिक २४, २०८१ शनिबार १५:५४ बजे

काठमाडौँ - नेपाल जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत युएईसँग पराजित भएको छ । दुबईस्थित द सेभेन स्टेडियममा सम्पन्न खेलमा युएईले नेपाललाई १३ रनले पराजित गरेको हो ।

युएईले दिएको १२३ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १०९ रन बनाएको थियो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक ४८ रन बनाएकी थिइन् ।


यसअघि पहिला ब्याटिङ गर्दै युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १२२ रन बनाएको थियो । 

योसँगै युएईले लगातार तेस्रो जित हासिल गरेको छ । त्स्टिया नेपालले भने ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।

अब नेपालले आइतबार थाइल्याण्डसँग र युएईले कुवेतसँग खेल्ने तालिका रहेको छ ।  

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।


Author

थप समाचार
x