खेलकुद

ओलम्पिकका लागि जापान आइपुगेका नेपाली पौडी खेलाडीको अभ्यास सुरू

संगीता कुँवर |
असार २६, २०७८ शनिवार ९:३५ बजे

जापान : टोकियो ओलम्पीकका लागि जापान आइपुगेका नेपाली पौडी खेलाडीहरूको अभ्यास सुरू भएको छ । नारिता विमानस्थलबाट तोकुशीमा प्रिफेक्चरमा पुगेका पोडी खेलाडीहरू गौरिका सिहं अलेक्जेन्ड शाह (एलेक्स) तोकुशीमाको कुरामोतो स्विमिङ पुलमा अभ्यास सुरू भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

तोकुशिमामा नेपाली खेलाडीलाई नेपाली झण्डा र ‘मिहिनेत गर्नुहोस्’ लेखेका पम्प्लेट नेपाली पोशाक र टोपीमा सजिएका जापानी बालबालिकाले स्वागत गरेका थिए ।


खेलाडीहरूलाई अभ्यासको लागि केहि हप्ता अगाडि नै तोकुशिमा ल्याइएको हो । अभ्यास जुलाइ २० तारिकसम्म १२ दिन हुने जापानी समाचार माध्यमले जनाएका छन् । उनीहरूको हरेक दिन कोरोना परिक्षणसँगै प्रान्तका मान्छेहरूसँगको कुराकानी पनि भर्चुअल हुनेछ ।

ओलम्पिकका लागि पोडीतर्फ नेपाली टिम मुख्य प्रशिक्षक शंख कार्कीसहित तीन जना टोकियो आइपुगेका हुन् । टोकियोओलम्पिकमा एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले पनि नेपालको प्रतिनिधित्व गर्नेछन् । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।


Author

संगीता कुँवर

कुँवर जापानस्थित इकागजकी प्रतिनिधि हुन् ।


थप समाचार
x