खेलकुद

पत्रकार ढकाललाई ओलम्पिक लेखनको पुरस्कार

इकागज |
साउन ७, २०७८ बिहीबार १९:५७ बजे

काठमाडौँ – पत्रकार ढकाल प्रदेशस्तरीय ओलम्पिक लेखन प्रतियोगिताको विजेता बनेका छन् । स्पार्टस फर अल कमिसनको समन्वयमा नेपाल पत्रकार महासंघ झापाको आयोजनामा भएको लेखन प्रतियोगितामा ढकालले लेखेको ‘प्रमिलाको यात्राः इलामको लुम्बकदेखि लन्डन ओलम्पिक’ उत्कृष्ट ठहरिएको हो । उत्कृष्ठ भएका ढकाललाई नगद ११ हजार रुपैयाँ र सम्मान पत्रले सम्मान गरियो ।  

ताप्लेजुङका खगेन्द्र अधिकारी दोस्रो बन्दै नगद ७ हजार रुपैयाँ, झापाका हिमाल खरेल तेस्रो बन्दै ५ हजार रुपैयाँ र पाँचथरका भीमकुमार बाँस्कोटा सान्त्वना घोषित हुँदै २ हजार रुपैयाँ प्राप्त गरे ।


एक समारोहबीच पत्रकार महासंघको कार्यालयमा विजेताहरूलाई पुरस्कृत गरियो । कमिसनका प्रदेश संयोजक एवम बिर्तामोड नगरपालिका–३ का वडाध्यक्ष भोजराज सिटौला, महासंघका अध्यक्ष एकराज गिरी, प्रदेश सञ्‍चार प्रतिष्ठानका सदस्य गोपाल काफ्लेलगायतले पुरस्कार हस्तान्तरण गरेका हुन् ।  समारोहमा कोभिड संक्रमित झापाका पत्रकारलाई लेखनवृति पनि प्रदान गरिएको छ ।   


Author

थप समाचार
x