खेलकुद

रंगशालाभित्र ओलम्पिक उद्घाटन समारोह, बाहिर विरोध

इकागज |
साउन ८, २०७८ शुक्रबार १८:५३ बजे

काठमाडौँ- ओलम्पिक २०२० को उद्घाटन समाराेह शुक्रबार साँझ जापानी राजधानी टोकियोमा जारी छ । टोकियोस्थित राष्ट्रिय रंगशाला भित्र उद्घाटन कार्यक्रम हुँदै गर्दा बाहिर भने सयौँ जापानी नागरिकले त्यसको विरोध गरिरहेका छन् । 

ओलम्पिक सुुरु हुनुअघि नै स्थानीय नागरिक विश्व खेलकुदको महाकुम्भ स्थगित हुनुपर्ने माग राखिरहेका थिए । कोभिड–१९ महामारीबीच ओलम्पिक आयोजना गर्न नहुने उनीहरूको माग थियो । तर जापानी सरकारले ओलम्पिक आयोजनाबाट पछि नहट्ने अडान लियो । तसर्थ, शुक्रबारबाट यसको औपचारिक सुरुवात भएको छ । 


रंगशाला बाहिर स्थानी जापानी भेला भएका छन् । उनीहरू प्रहरीबाट घेरिएका छन् । तर ओलम्पिक आयोजनाविरुद्धको नारा रोकिएको छैन । ‘हामी यो मुलुकमा ओलम्पिक आयोजनाको विपक्षमा छौँ,’ उनीहरूले बोकेको प्लेकार्डहरूमा लेखिएको छ । उनीहरू ओलम्पिक रद्ध गर भनेर नाराबाजी पनि गरिरहेका छन् ।

जापानी राष्ट्रिय रंगशाला अगाडि जम्मा भएका स्थानीय नागरिकको संख्या कति छ भन्ने यकिन छैन । फेरि जम्मा भएका सबै जापानी ओलम्पिक आयोजनाको विरोधी हुन् भन्ने पनि छैन । तीमध्ये कयौँ उद्घाटन समारोहलाई बाहिरबाटै चिहाउन पनि जम्मा भएका हुनसक्छन् ।

तर पछिल्ला पब्लिक पोलका अनुसार अधिकांश जापानी ओलम्पिक आयोजनाको विरोधमा छन् । तीमध्ये अत्याधिक अक्रोशित जापानी भने रंगाशाला अगाडि जम्मा भएका हुन्, नाराबजी गर्दै । रंगाशालाभित्र आतिसबाजी हुँदैगर्दा बाहिर प्रदर्शनकारी नारा लगाइरहेका थिए । याहु स्पोटर्सबाट 


 


Author

थप समाचार
x