खेलकुद

युरोमा बुफोनलाई अच्चमित तुल्याउने खेलाडी !

इकागज |
साउन १०, २०७८ आइतवार २०:२२ बजे

काठमाडौँ- इटालीलाई 'युरो २०२० च्याम्पियन' बनाउन प्राय सबै खेलाडीले उत्तिकै बलियो प्रदर्शन गरेका थिए । फेडेरिको किएसाको प्रदर्शनको पनि चौतर्फी प्रशंसा भयो । युभेन्टसका विङ्गरले सात खेलमा दुई गोल गरेका थिए । 

किएसाको प्रदर्शनबाट समर्थक मात्र होइन भेट्रान गोल रक्षक नियानलुइजी बुफोन पनि प्रभावित बनेको बताएका छन् । किएसाले अचम्मको खेल देखाएको युभेन्टसकै पूर्वगोलरक्षक बुफोनको प्रतिक्रिया थियो । आफूले सुरुमा २३ वर्षे फरवार्डको क्षमतामाथि शंका गरे पनि युरोमा देखाएको प्रदर्शनले आफू अवाक भएको बुफोनको भनाई थियो । 


‘जब उनी फियोरेन्टिनाबाट युभेन्टस आए, मलाई उनी खासै प्रतिभाशाली खेलाडी लागेको थिएन । तर युरोमा उनले जसरी खेले, म अच्चमित भए । फाइनलमा समेत उनलाई रोक्न इंग्लिस रक्षकहरुलाई हम्मे हम्मे परेको थियो,’ हालै आफ्नो पूरानो क्लब पार्मा फर्केका बुफोनले गाजेटा डेलो स्पोटर्ससँगको कुराकानीमा भनेका छन् । 
‘किएसाले युभेन्टसमा पहिलो सिजनमा पनि राम्रै खेलेका हुन् । तर युरोमा देखाएको स्तर भने देखाएका थिएनन् । यदि युरोपियन च्याम्पियसिपमा किएसाले यस किसिमको खेल देखाउन सक्छन् भने उनी पक्कै पनि विश्वस्तरिय खेलाडी हुन्,’ बुफोनले भने ।

किएसाको करियर फियोरेन्टिनाको एकेडेमीबाट सुरु भएको थियो । सन् २०१६ मा उनी फियोरेन्टिनाको सिनियर टिममा बढुवा भए । कुल १५३ खेल खेल्दा ३४ गोल गरे । जसकारण उनलाई इटालीको राष्ट्रिय टिममा बोलाइयो । 

फियोरेन्टिनामा देखाएको प्रदर्शनका कारण किएसा सिरी ए का अन्य क्लबको नजरमा परे । तर बाजी मा¥यो युभेन्टसले । टुरिनको क्लबले किएसलाई अनुबन्ध गर्न कुल छ करोड युरो स्थान्तरण रकम ति¥यो । युभेन्टसलाई उनले निराश बनाएका छैनन् । लिगमा मात्रै उनले १६ गोल तथा असिस्ट गरे । 

उता बुफोन भने युभेन्टसबाटै पार्मा फर्केका हुन् । फरक चुनौतीको सामना गर्ने भन्दै ४३ वर्षिय रक्षक पार्मासँग आबद्ध भएका हुन् । उनी पार्माको एकेडेमीका उत्पादन हुन् । सन् २००१ मा युभेन्टसतर्फ लाग्नुअघि उनले पार्माबाट छ सिजन सिरी ए खेलेका थिए । 

पार्मा हाल इटालीको दोस्रो श्रेणीको सिरी बी मा छ । बुफोनले अझै केही वर्ष सन्यास नलिने बताइरहँदा उनको अनुभव पार्माका लागि महत्वपूर्ण सिद्ध हुने देखिएको छ । ‘म निरन्तर खेल्न चाहन्छु । जुन दिन शरीरले साथ दिँदैन, म सन्यास लिनेछु । म पारिवारिक व्यत्ति भएकाले फुटबलबिना पनि मेरो जीवन सुन्दर नै रहनेछ,’ बुफोनको भनाई थियो ।

बुफोनले आउँदो विश्वकप खेल्ने सपना चाँहि देखेका छन् कि छैनन् त ? ‘मलाई थाहा छ रोबर्टो मान्सिनीले मलाई टिममा बोलाउँदैनन् । किनभने उनीसँग पर्याप्त खेलाडी छन् । तर मैले विश्वकपको सपना देखेको छैन भनेर चाँहि भन्दिन,’ बुफोनको जवाफ थियो । 


Author

थप समाचार
x