खेलकुद

पाकस्तानी क्रिकेटर अफ्रिदी अब नेपाली लिगमा

इकागज |
साउन ११, २०७८ सोमवार १४:४२ बजे

काठमाडौँ- पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीले नेपाली घरेलु क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई एभरेष्ट प्रिमियर लिग (ईपीएल)को टिम काठमाडौँ किंग्स इलेभेनले नेपाल ल्याउने भएको हो । चौँथो संस्करणको ईपीएल आउँदो असोजमा आयोजना हुँदैछ । 

काठमाडौँले सोमबार पत्रकार सम्मेलन गर्दै अफ्रिदीलाई अनुबन्ध गरेको जानकारी दिएको हो । अलराउन्डर अफ्रिदी विश्व क्रिकेटमा परिचित नाम हो । १६ वर्षको उमेरमा पाकिस्तानको ओडीआई टिममा डेब्यू गरेका अफ्रिदीले तीन सय ९८ खेलमा आठ हजार ६४ रन बनाएका छन् । त्यस्तै, उनले पाकिस्तानका लागि २७ टेस्ट र ९९ अन्तर्राष्ट्रिय टी-ट्वान्टी खेलेका छन् ।  


अक्टोबर १९९६ देखि मे, २०१८ सम्म पाकिस्तानको राष्ट्रिय टोलीबाट खेलेका अफ्रिदी दक्षिण एसियाका विभिन्न लिगमा पनि देखिँँदै आएका छन् । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को समेत मान्यता पाइसकेको ईपीएलमा काठमाडौँ सहित कुल छ फ्रेन्चाइज टिमले भाग लिनेछन् । प्रतियोगिताको पछिल्लो संस्करण ललितपुर प्याट्रियोट्सले जितेको थियो । 
 


Author

थप समाचार
x