खेलकुद

नेम्वाङ-अल्मुताइरी विवादः अल्मुताइरीले दिए छानबिनका लागि निवेदन

इकागज |
साउन १४, २०७८ बिहिवार १५:२९ बजे

काठमाडौँ- राष्ट्रिय फुटबल टिम (पुरुष) का मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीले गत आइतबार आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेको थिए । सामाजिक सञ्‍जाल फेसबुकमार्फत उनले त्यस्तो घोषणा गरेका थिए । राजीनामा दिने घोषणा गर्दा उनले अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष पंकज नेम्वाङलाई दोष दिएका थिए । नेम्वाङले गर्दा आफूले समस्या भोगिरहेको दाबी थियो, अल्मुताइरीको ।

बिहीबार उनै अल्मुताइरीले एन्फामा छानबिनका लागि निवेदन दिएका छन् । अल्मुताइरीले एन्फा उपाध्यक्ष नेम्वाङ र एक खेलकुद अनलाइन मिडियासँग आबद्ध दुई पत्रकारका विषयमा छानबिनको मग गर्दै निवेदन दिएका हुन् । केही दिनअघि अल्मुतारी र दुई पत्रकारहरुबीच विवाद भएको थियो । 


अल्मुताइरीले फेसबुक स्टाटसमार्फत आरोप लगाएकै दिन नेम्बाङले एन्फासमक्ष छानबिनको माग राखिसकेका छन् । यसका लागि एन्फाको केन्द्रीय कमिटीको बैठक बस्दैछ । शुक्रबार हुने बैठकमा नेम्बाङ र अल्मुताइरीबीचको विवादका विषयमा छलफल हुने एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए । ‘केन्द्रीय कमिटीको बैठकमा यस विषयमा छलफल हुनेछ । एन्फाले कसरी छानबिन अघि बढाउने भन्ने बारेमा बैठकले नै निर्क्योल गर्नेछ,’ प्रवक्ता राईले भने । 


Author

थप समाचार
x