खेलकुद

क्यानडाकी सर्वाधिक सफल ओलम्पियन ओलेकसियाक किन भइन् आफ्नी शिक्षिकाप्रति रुष्ट ?

इकागज |
साउन २१, २०७८ बिहीबार १८:२६ बजे

काठमाडौँ- पेनी ओलेकसियाक क्यानडाका लागि ओलम्पिकमा सर्वाधिक सफल खेलाडी हुन् । पौडीकी ओलेकसियाकले जारी टोकियो ओलम्पिकमा सहित कुल सात ओलम्पिक पदक जितेकी छन् । उनले यस पटकमात्रै पनि तीन पदक जितिन् । जसमा एक रजत र दुई कास्य सम्मिलित छन् । 

हालै उनले आफ्नो विगत खोलेकी छिन् । विद्यालयमा हुँदा आफूलाई एक शिक्षिकाले पौडीभन्दा पढाईमा ध्यान दिन भनेको सम्झेकी छन् । ‘मैले भर्खरै गुगलमा हेरेँ, क्यानडाको सर्वाधिक सफल ओलम्पियनमा मलाई देखायो । हाई स्कुलकी ती शिक्षिकालाई सम्झिन चाहन्छु, जसले मलाई पौडी त्याग्‍न भनेकी थिइन् । तर मैले आफ्नो सपना त्यागिनँ । र, आज यो स्थानमा आइपुगेकी छु,’ ओलेकसियाकले ट्वीटरमा लेखेकी छन् । 


पहिलो ट्वीट गरेको ९० मिनेटपछि उनले फेरि लेखेकी छिन्, ‘समग्रमा मलाई आफ्ना शिक्षिक र शिक्षिकासँग कुनै रिस छैन । मेरो अघिल्लो ट्वीट एक शिक्षिकाप्रति मात्र लक्षित थियो । किनभने मेरी दिदि सहित कयौँ शिक्षक र शिक्षिकाले मलाई सधैँ उर्जा दिइरहे,’  

२१ वर्षीय ओलेकसियाकले जारी ओलम्पिकमा १०० मिटरको फ्रि–स्टाइल रिलेमा रजत जितेकी छन् । त्यसैगरी, २०० मिटर फ्रि–स्टाइल र १०० मिटरको मेड्ले रिलेमा कास्य जितेकी हुन् । 


Author

थप समाचार
x