खेलकुद

त्रिकोणात्मक शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको अभ्यास सुरु

इकागज |
साउन २१, २०७८ बिहीबार १९:२५ बजे

फाइल तस्बिर

काठमाडौँ - सेप्टेम्बर दोस्रो साताबाट ओमानमा हुने आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल, अमेरीका र ओमान सम्मिलित एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास थालेको छ । मौसम प्रतिकुलताकाबीच पनि मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले टोलीलाई अभ्यास गराउन सुरु गरेका हुन । 

यस अघि सोही सिरिजका लागि भनेर नेपाल क्रिकेट संघ (क्यान) ले १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । जसमा गुल्सन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । पूर्व कप्तान पारस खड्काले सन्यास लिएपछि उनको नाम टोलीबाट हटाइएको छ । दुई दिन अगाडि खेलाडीले अभ्यास सुरु गरे पनि बिहीबार मात्र बोलाइएका सबै खेलाडी प्रशिक्षणमा उपस्थित भएका हुन् । 


राष्ट्रिय क्रिकेट टोलीले बिहानको सत्रमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फिटनेस प्रशिक्षण गरेका थिए भने दिउँसो कीर्तिपुर मैदानमा प्रशिक्षण  गरेका छन् । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल लामो समयपछि सिनियर टोलीमा कमब्याक गरेका छन् । लिग २ मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ । जसमा दुई जित निकाल्दा दुई खेलमा नतिजा  सुम्पिएको छ । 

घरेलु मैदानमा ओमान र अमेरिकासँग नेपालले ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।


Author

थप समाचार
x