खेलकुद

मेस्सीविनाको बार्सिलोनासँग विपक्षी टिम डराउँदैनन्ः रोनाल्ड कुमन

इकागज |
भदौ ६, २०७८ आइतबार १६:४४ बजे

काठमाडौँ-झन्डै दुई दशक बार्सिलोनामा बिताएपछि लियोनल मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग आबद्ध भएका छन् । उनको अनुपस्थितीमा स्पेनीस ला लिगाको नयाँ सुरुवात गर्दा बार्सिलोनाले एक खेलमा जित दर्ता गरेको छ भने अर्कोमा बराबरी गरेको छ । गत सात रियल सोसिडाडलाई हराएको बार्सिलोना शनिबार राति एथ्लेटिको बिल्बाओसँग १–१ को बराबरीमा रोकियो । 

मेस्सीविनाको बार्सिलोनाले कुन स्तरको प्रदर्शन गर्छ भन्ने कौतहुल छ । किनभने मेस्सीको उपस्थितीले बार्सिलोनाका अरु खेलाडीलाई पनि ढाडस दिने गर्थ्याे । मेस्सी सहितको बार्सिलोनासँग विपक्षी टिमहरू डराउँथे । तर अहिले भने उनीहरू बार्सिलोनासँग पहिलाको जस्तो त्रसित हुन छाडेको रोनाल्ड कुमनले स्वीकार गरेका छन् ।  


‘सधैँ एउटै विषयमा बोलिरहन मन लाग्दैन । तर अहिलेको विषय विश्व फुटबलकै सर्वोत्कृष्ट खेलाडीसँग सम्बन्धित छ । हामीले के स्वीकार गर्नुपर्छ भने, मेस्सीसहितको बार्सिलोनासँग विपक्षी टिम डराएर खेल्थे । अहिले यस्तो छैन । जब मेस्सी विपक्षीको क्षेत्रमा हुन्थे, केही न केही हुन्थ्यो नै । तर अहिले हामीसँग मेस्सी छैनन् । यो तथ्य हो । र, यसलाई हामी परिवर्तन गर्न सक्दैनौँ,’ बार्सिलोनाका प्रशिक्षक कुमनले भनेका छन् । 

उनले बिल्बाओसँगको बराबरी जायज नतिजा भएको पनि बताए । बिल्बाओले असाध्यै राम्रो खेलेको र त्यसमाथि पनि खेल उनीहरुकै मैदानमा भएकाले बराबरी बार्सिलोनाका लागि खराब नतिजा नभएको कुमनको भनाइ थियो ।  


Author

थप समाचार
x