खेलकुद

प्रिमियर लिग

ग्रिनउडको गोलले जोगियो म्यानचेस्टर युनाइटेड

इकागज |
भदौ ६, २०७८ आइतवार २०:४७ बजे

काठमाडौँ - इंग्लिस प्रिमियर लिगमा आइतबार राति म्यानचेस्टर युनाइटेड साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ । साउथह्याम्पटनको मैदान सेन्ट मेरिजमा भएको खेलमा दुवै गोल युनाइटेडले नै गर्‍यो । 

पहिलो हाफको ३० औँ मिनेटमै युनाइटेड पछि परेको थियो । मिडफिल्डर फ्रेडले आफ्नै पोष्टमा गोल गरेपछि साउथह्याम्पटनले अग्रता लियो । तर दोस्रो हाफमा युनाइटेड खेलमा फर्किए । मासन ग्रिनउडले पउल पोग्बाको पासमा गोल गरेपछि युनाइटेड हारबाट जोगियो । 


१९ वर्षीय ग्रिनउडले यो सिजन दुई लिग खेलमा दुई गोल गरिसकेका छन् । युनाइटेडले गत साता लिड्समाथि ५-१ को जित दर्ता गर्दा पनि ग्रिनउडले गोल गरेका थिए । ग्रिनउडले अहिलेसम्म १९ लिग गोल गरिसकेका छन् ।

प्रिमियर लिगमा किशोर उमेरमा उनी भन्दा बढी लिग गोल तीन जनाले मात्र गरेका छन् । ती हुन् माइकल ओवेन, रोब्बी फाउलर र वायन रुनी ।  


Author

थप समाचार
x